मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , शुक्रबार

डाेल्पाकाे दुनैमा कार्यालय प्रमुख र जनप्रतिनिधि बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

जिल्ला समन्वय समिति डाेल्पाकाे आयाेजना तथा काईके गाउँपालिकाकाे संयाेजनमा संचालित मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । ७५ औं  राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ काे अवसरमा फागुन ६ गते पहिलाे दिन डाेल्पाकाे दुनै बजारमामा भएकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा  जनप्रतिनिधि टिमलाई ६-१ काे गाेलले कर्मचारी टिम बिजयी भएकाे छ।

जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया र कर्मचारीकाे तर्फबाट प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले मैत्रीपूर्ण फुटबल टिमकाे नेतृत्व गर्नु भएकाे थियाे ।यस्ता मैत्रीपूर्ण खेल संचालन हुदा कर्मचारी राजनीतिक दल र जनप्रतिनिधि विच भावनात्मक सम्बन्ध बढ्ने विश्वास लिईएकाे छ ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारी टिमबाट  धर्मेन्द्र बुढथापाले ३ गाेल, बसन्त सिजालीले २ गाेल र नेत्र बहादुर महतले १ गाेल गर्नु भएकाे थियाे ।जनप्रतिनिधिकाे टिमबाट ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर बुढाले १ गाेल गर्नु भएकाे थियाे ।

यस्तै मैत्रीपूर्ण फुटबल प्रतियोगिताकाे खेल अबधिभर सबैभन्दा धेरै गाेल गर्ने कर्मचारी टिमका धर्मेन्द्र बुढथापाले सर्वाधिक गाेल कर्ता पुरस्कार र जनप्रतिनिधि टिमका हिक्मत शाही उत्कृष्ट खेलाडीकाे रुपमा पुरस्कृत हुनु भएकाे छ ।शाही नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिव  हुनु हुन्छ ।दुवैजना खेलाडीलाई काईके गाउँपालिकाले नगद ररुपियाँ  दुई हजारका दरले सम्मान गरेकाे छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्