मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार

डाेल्पा काककाेटकी सुस्केरी महिलाकाे हेलिकप्टरबाट उद्दार

विष्णुप्रसाद देवकोटा
डाेल्पा छार्काताङसोङ गाउँपालिकाकि एक सुत्केरी महिलाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ ।कागकोट गाउँ निवासी २६ वर्षीया जुनु बुढाको उद्दार गरिएकाे हाे । सुत्केरी पश्चात् पाठेघरमा समस्या देखिएर जटिल अवस्थामा पुगेपछि बुढालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हाे ।

राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट मंगलवार विहान उद्दार गरेर प्रादेशिक अस्पताल सुर्खेत पठाइएकाे प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पतालमा पुर्‍याइएकी बुढाको सुत्केरी पश्चात् पाठेघरमा समस्या देखिएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सुर्खेत पठाइएकाे हाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्