मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार

मुड्केचुलामा एमालेको पार्टी जागरण अभियान, संगठन सुदृढीकरणमा जोड

खबरदिशा डेक्स
डोल्पा । नेकपा एमालेले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्य सहितकाे पार्टी जागरण अभियान तिब्र बनाउदै लगेकाे छ ।अभियान अन्तर्गत डोल्पाको मुड्केचुला गाउँपालिकामा बिहीबार पालिकास्तरीय बैठक सम्पन्न गरेको छ।
नेकपा एमाले मुड्केचुला गाउँपालिका इकाइ कमिटीको आयोजनामा ‘जनताको बहुदलीय जनवाद, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारासहित बैठक सम्पन्न भएको हो।
बैठकमा पार्टीको वैचारिक दृष्टिकोणलाई थप स्पष्ट बनाउँदै संगठनात्मक एकता मजबुत बनाउने, निष्क्रिय पार्टी कमिटी तथा कार्यकर्तालाई सक्रिय बनाउने र जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्दै पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने विषयमा केन्द्रित रहेर छलफल गरिएको पाटीले जनाएको छ।
पार्टी जागरण अभियानले नेता तथा कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा सञ्चार गर्नुका साथै संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेकपा एमाले मुड्केचुला गाउँपालिका इकाइ कमिटीका अध्यक्ष जगबहादुर बुढाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज बदमी क्वारा बोहोरा प्रमुख अतिथि र जिल्ला कमिटी अध्यक्ष लंकबहादुर रोकाया विशेष अतिथिका रूपमा सहभागी थिए।
बैठकमा जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकी सदस्य लक्ष्मी बुढा, प्रदेश कमिटी सदस्यहरू कली थापा र गोपाल विक, प्रदेश कमिटी सल्लाहकार सदस्य हस्तबहादुर शाही, पूर्व नेता तथा कार्यकर्ता भक्तबहादुर थापालगायत जिल्ला, प्रदेश तथा गाउँपालिका तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सक्रिय सहभागितामा सम्पन्न बैठकले मुड्केचुलामा एमालेको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै अभियानलाई जनस्तरसम्म विस्तार गर्ने सन्देश दिएको पालिका कमिटी अध्यक्ष जगबहादुर बुढाले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्