मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ८ , शनिबार

डाेल्पा माझफालका युवाद्वारा मौलिक कला–संस्कृतिका धरोहरका अग्रज सम्मानित

विष्णुप्रसाद देवकोटा
डोल्पा । ठूलीभेरी नगरपालिका–५, माझफालका चार जना अग्रज व्यक्तित्व सम्मानित भएका छन्।मौलिक कला–संस्कृतिको संरक्षण र अग्रज पुस्ताको योगदानको कदर गर्दै स्थानीय युवाहरुले एक कार्यक्रमका बीच सम्मान गरेका हुन ।
विजयदशमी २०८३ को पावन अवसरमा युवाहरूले परम्परागत कला, संस्कृति र सामाजिक क्षेत्रमा लामो समय देखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई सम्मानपत्र सहित सम्मान गरेका हुन ।
सम्मानित हुनेमा नन्दराम बोहोरा, रते रोकाया, नरबहादुर बुढा र अन बोहोरा रहेका छन्। उनीहरूले स्थानीय मौलिक संस्कृति, परम्परागत लहरी नाच, लैला लाली र वाद्यवादनको संरक्षण तथा निरन्तरतामा योगदान पुर्‍याउँदै आएकाे बताइएको छ ।
नेपाली समाजको मौलिक पहिचान बोकेका यस्ता सांस्कृतिक परम्परा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका अमूल्य सम्पदा हुन्।
माझफालका युवाहरूले अग्रजहरूको योगदानको कदर गर्दै सम्मान गर्नु संस्कृति प्रतिको जिम्मेवारी बोध र पुस्तान्तरण प्रतिको सकारात्मक पहल हो। यसले अग्रज पुस्ताको अनुभव, सीप र सांस्कृतिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउन प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ।
संस्कृति संरक्षण केवल पुराना परम्परा सम्झनु मात्र होइन, तिनको महत्व बुझ्नु, अभ्यासलाई निरन्तरता दिनु र भावी पुस्ताका लागि सुरक्षित राख्नु पनि हो।
स्थानीय कला–संस्कृतिको जगेर्नामा समुदाय, युवा पुस्ता र अग्रजहरूको साझा भूमिका महत्वपूर्ण हुन्छ।तसर्थ
माझफालका युवाहरूको यस पहलले अग्रज प्रतिको सम्मान, मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धिको सन्देश दिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्