मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार

डाेल्पा कारागारबाट फरार थप दुई कैदी डाेल्पाकाे रंग गाउँबाट पक्राउ

विष्णुप्रसाद देवकोटा
डाेल्पा — कारागारबाट फरार थप दुई कैदी डाेल्पा त्रिपुरासुन्दरी -४ रंग गाउबाट पक्राउ परेका छन ।पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी -७ का कालीप्रसाद राेकाया वर्ष २९ नलगाड नपा -९ जाजरकाेट वर्ष १९ का कैलाश भन्ने कपिल परियार रहेका छन ।उनीहरुलाई डाेल्पा त्रिपुरासुन्दरी नपा-४ रंग गाउमा छिपेर बसिरहेकाे अवस्थामा पक्राउ परेका हुन ।पक्राउ पर्नेमा एक जना जवरजस्ती करणी र एक जना चाेरी मुद्दाका हुन ।उनीहरुसंगै पक्राउ पर्ने कैदीकाे संख्या चार पुगेकाे छ ।विशेष सुचना आधारमा गएराती २.३० बजेकाे समयमा डिएसपी अनिल राज गिरीकै कमाण्डमा गएकाे टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दी हुन ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई मंगलबार बिहान करिब साढे १० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि सकेकाे छ ।
। दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट वडा नं. ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यसैबीच कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा पुगेर अनुसन्धान अगाडि बढाइसकेकाे प्रमुख जिल्ला जुनुहमाल ढकालले जानकारी दिइन । हेडक्वार्टरको टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगंज)का प्रहरी वरिष्ठ उपरीक्षक राजिवबहादुर बस्नेतले गरेका छन् ।
‘प्रहरी बरिस्ठ उपरीक्षक बस्नेतकाे नेतृत्वमा ५ सदस्यीय टाेली मंगलवार डाेल्पा पुगेकाे हाे ।
शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले करिब ४ मिटर लामो सुरुङ खनेर भागेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्