
खबरदिशा डेक्स
डोल्पा । बैंकिङ कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ठुलीभेरी नगरपालिका–४ तिप्लाका ४३ वर्षीय लोकेन्द्र रोकायालाई प्रहरीले कात्तिक १५ गते पक्राउ गरेको हो।
डोल्पा जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रोकायालाई तिप्लाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
पक्राउ परेका रोकायालाई डोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई बैंकिङ कसुरसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विनयकुमार सिंहले जानकारी दिएका छन्।










