मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १५ , शनिबार

कात्तिकमै उपल्लो डोल्पामा हिमपात, तल्लो भेगमा पनि चिसो बढ्यो


डोल्पा । डोल्पाको उत्तरी भेग उपल्लो डोल्पामा कात्तिक महिनामै हिमपात भएको छ। हिजो अपराह्नदेखि परेको अविरल वर्षासँगै उच्च हिमाली बस्तीमा हिमपात भएको हो।
उपल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च बस्तीमा करिब एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्।
हिमपातसँगै तल्लो डोल्पामा समेत चिसो बढेको छ। लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ। वर्षा अझै जारी रहेकाले चिसो थप बढ्ने देखिएको छ।
कात्तिकमै भएको हिमपातले उपल्लो डोल्पाका बस्तीहरू हिउँले सेताम्मे बनेका छन् भने स्थानीयको दैनिक जनजीवन कष्टकर बनेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्