खबरदिशा डेक्स
डोल्पा । प्रतिकूल मौसम र भारी हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिकास्थित धो क्षेत्रबाट शे–फोक्सुण्डो तालतर्फ फर्किने क्रममा उनीहरू नुमला पास र वागला पास क्षेत्रमा सम्पर्कविहीन भएका हुन्।
शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने उक्त उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ। सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि उनीहरूको यात्रा जोखिममा परेको हो। मौसम प्रतिकूल बन्दै जाँदा उच्च हिमाली क्षेत्रमा आवतजावतसमेत कठिन बनेको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदासमेत पर्यटकहरू उक्त मार्ग हुँदै अघि बढेका थिए। धोबाट फोक्सुण्डो तालतर्फ फर्किने क्रममा उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएपछि खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको उनले बताइन्।
प्रजिअ हमालका अनुसार पर्यटकहरूको खोजी तथा उद्धारका लागि शनिबार साँझ नै सम्बन्धित निकायलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्था गर्न माग गरिएको छ। तर, प्रतिकूल मौसम र अत्यधिक हिमपातका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङले नुमला र वागला पास क्षेत्रमा मोबाइल नेटवर्क नहुने भएकाले पर्यटकहरूको अवस्थाबारे यकिन जानकारी लिन नसकिएको बताए। बाक्लो हिउँ र सञ्चार सम्पर्कविहीन क्षेत्रका कारण उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे अन्योल कायम छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक छन्। प्रशासनले मौसमको जोखिमलाई मध्यनजर गर्दै पर्यटकहरूलाई उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
पछिल्लो समय फोक्सुण्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले फोक्सुण्डो तालको भ्रमण गरेका थिए।