मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार

वडा तहमा संगठन विस्तार गर्दै रास्वपा, ठूलीभेरी–६ मा हिमाल रोकाया सभापति

विष्णुप्रसाद देवकोटा
डाेल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोल्पामा संगठन विस्तार अभियानलाई वडा तहसम्म तीव्र बनाएको छ। आगामी मंसिरमा जिल्ला अधिवेशन गर्ने तयारीसँगै पार्टीले स्थानीय तहमा कमिटी गठन र अधिवेशनलाई प्राथमिकता दिएको हो।
यसैक्रममा रास्वपाले कात्तिक १७ गते ठूलीभेरी नगरपालिका–६ मा पहिलो वडा अधिवेशन सम्पन्न गर्दै हिमाल रोकायाको नेतृत्वमा वडा कमिटी गठन गरेको छ।
अधिवेशनले रोकायालाई वडा सभापतिमा चयन गरेको छ। त्यसैगरी चन्द्रबहादुर बुढा उपसभापति र रमेशराज रोकाया सचिवमा चयन भएका छन्।
जिल्ला पार्टी सचिव ज्ञानबहादुर बुढाको संयोजकत्वमा सम्पन्न अधिवेशनमा जिल्ला तहका अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको नीति, विचार र सिद्धान्तलाई वडा तहसम्म पुर्‍याउँदै संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जिल्ला सचिव बुढाले बताए। उनका अनुसार अधिवेशनसँगै ठूलीभेरी–६ मा पार्टीका गतिविधिले थप गति लिने विश्वास गरिएको छ।
रास्वपाले यसअघि ठूलीभेरी नगरपालिका–४ मा समेत वडा अधिवेशन सम्पन्न गरिसकेको छ। अहिले जिल्लाका विभिन्न वडामा संगठन विस्तार तथा कमिटी गठनको कामलाई तीव्रता दिइएको कर्णाली प्रदेश कमिटी सदस्य सन्तोष बुढाथोकीले जानकारी दिए।
डोल्पामा रास्वपाले पछिल्लो समय मात्रै संगठन विस्तार अभियान सुरु गरेको हो। आगामी मंसिरमा जिल्ला अधिवेशन सम्पन्न गर्ने समयसीमालाई मध्यनजर गर्दै पार्टीले वडा तहमा आफ्नो सांगठनिक आधार तयार पार्ने प्रयास गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्