मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , बिहीबार

झुण्डिएको अवस्थामा फेला परे शेफोक्सुण्डो गापाका कार्यालय सहयोगी

डोल्पाको सदरमुकाम दुनैमा एक जना कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छ्न । पोखरा घर भई शे- फोक्सुन्डो गाउँपालिका कार्यालयमा  सहयोगी पदमा कार्यरत  अन्दाजी ४७ बर्षका दुर्गा अधिकारी शनिबार राति आफु बस्ने डेराको बार्दलिमा घाटिमा खाताको पासो लगाई झुन्डिएकाे अबस्थामा फेला परेका हुन ।

झुन्डिएर आत्म हत्या गरेका अधिकारी बिगत करिब ६/७ आगाडि देखि शे फोक्सुन्डो गाउपालिकामा कार्यरत रहेको गाउपालिका अध्यक्ष धावा सम्दुक गुरुङ्ग्ले बताए  । अध्यक्ष गुरुङ्ग्का अनुसार उनि लामो समय आगाडि देखि माधक पदार्थ सेवन गरिरहने र आफुले पटक पटक सम्जाउदै आएको समेत बताए ।

जिल्ला प्रहरी कार्यलय डोल्पाले मृतक लास झुन्डिएको अवस्थाको सरजिमि मुचुल्का उठाई घरबाट  निकालेर जिल्ला अष्पतालमा लगेर राखिएको छ । आफन्त लाई खबर गरि सकेको र आफन्त आए पछि मात्र मृतक लास आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यलय डोल्पाका सुचना अधिकारि टोपेन्द्र बुढा मगरले जानकारी दिए। थप घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

समाचार

सबै हेर्नुहोस्