मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

पाँचौँ मेयरकपमा दोस्रो दिन पाँच खेल सम्पन्न, लिकु र रेड एप्पल विजयी

विष्णुप्रसाद देवकोटा 

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा जारी पाँचौँ मेयरकप जिल्ला स्तरीय खुला पुरुष भलिबल तथा ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन्।

बुधबार नगरकर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। बिहीबार बिहानदेखि दिउँसो १ बजेसम्म प्रतियोगिताअन्तर्गत पाँच खेल सञ्चालन गरिएका हुन्। प्रतियोगितामा जिल्लाभरका २० टोली सहभागी छन्।

नगरपालिकाका अनुसार बिहीबारको पहिलो खेलमा त्रिपुरासुन्दरी नगरपालिका–४ को रेड एप्पल भलिबल टोलीले वडा नम्बर १ ‘ख’ को टोलीलाई पराजित गरेको छ।

दोस्रो खेलमा ठूलीभेरी नगरपालिका–५ को माझफाल यार्सा स्पोर्ट्स क्लब निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि वाकओभरका आधारमा सोही नगरपालिकाको मष्टा भवानी युवा क्लबलाई विजयी घोषित गरिएको थियो।

तेस्रो खेलमा त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुले ठूलीभेरी नगरपालिकाको मन्मा युवा क्लब, जुफाललाई पराजित गरेको छ। चौथो खेलमा त्रिपुरासुन्दरी–८ को टोलीले वडा नम्बर ११ को टोलीलाई हराएको छ। त्यस्तै, अन्तिम खेलमा त्रिपुरासुन्दरी–१ ‘क’ ले वडा नम्बर ३ को टोलीलाई पराजित गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले शुक्रबारदेखि बिहान ६ः४५ बजेदेखि खेल सञ्चालन गर्ने गरी खेलतालिका सार्वजनिक गरेको छ। निर्धारित तालिकाअनुसार समयमै मैदानमा उपस्थित हुन सबै सहभागी टोलीलाई नगरपालिकाले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्