मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार

रास्वपाले हटायो मुकुललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको रास्वपाका एक नेताले बताए ।

भदौ ५ गते रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र जवाफ दिन भनेको थियो ।

तर, स्पष्टीकरणको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

लामिछानेलाई नै केन्द्रित गरी ढकालले फर्काएको जवाफलाई रास्वपा केन्द्रीय कमिटी बैठकले स्पष्टीकरणभन्दा कुण्ठा व्यक्त गरेको निष्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्