जगदुल्लाले आफ्नो कम्पनीको विषयसँग जोडेर माननीय मन्त्रीज्यूको चरित्रहत्या गर्ने निहित उदेश्यका साथ विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहिन, अनर्गल एवं कपोलकल्पित समाचारप्रति गम्भीर आपत्ती जनाएको छ।
यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीय मन्त्रीज्यूले कुनै चासो राख्नुभएको वा कुनै निर्देशन दिनुभएको छैन,”– विज्ञप्तीमा भनिएको छ ,कम्पनीले यस्ता प्रकारका तथ्यहिन एवम् भ्रामक समाचारले यस कम्पनी र माननीय मन्त्रीज्यु एवम् मन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आमनागरिक मा भ्रमसिर्जना गर्ने कार्य गर्ने र कालान्तरमा मन्त्रालय जस्तो गरिमामय संस्थाको गरिमा घटाउने, द्वन्द्व सिर्जना गराउने र आपसी विश्वासको वातावरण विथोल्ने जस्ता कार्यहरु मात्र हुने हुँदा मुलुकलाई नै नोक्सान पुग्ने अवस्था रहने बताएको छ।
अहिलेको तरल अवस्थामा आमसञ्चारमाध्यमको भूमिका आपसीविश्वास, सद्भाव र सहकार्यलाई जोडदिने प्रकृतिको हुनुपर्ने कम्पनीलेजनाएको छ।“सञ्चारमाध्यमले पत्रकारिता को न्युनतम मर्यादा तथा आचारसंहितालाई समेत भुलेर सम्प्रेषण गरेको समाचारले हामीलाई दुःखित तुल्याएको छ, प्रकाशित सामाग्रीको सत्यतथ्य जाँच नगरी समाचार प्रकाशन गर्नु निकै दुर्भाग्यपूर्णछ,”– विज्ञप्तीमा भनिएको छ।
राष्ट्रको चौँथो अंगका रुपमा रहेको सञ्चार क्षेत्रमा आगामी दिनमा तथ्यपरक, विश्वसनीय तथा वस्तुपरक समाचार प्रकाशन तथा प्रसारण गर्न कम्पनीले अनुरोध गरेको छ । साथै यस अघि प्रकाशित समाचार को खण्डन गरिदिन समेत सबैलाई अनुरोध गरेको छ।
यस्तो छ विज्ञप्ति :












