मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १० , सोमबार

बांकेमा चट्याङले दुई महिलाकाे मृत्यु

नेपालगञ्ज । बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । चट्याङ लागेर अर्की एक महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा चट्याङ लागेर स्थानीय ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्यायको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ३० वर्षीया सलिना विक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विकको कोहलपुरमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्