मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १० , सोमबार

बर्दियामा बाघकाे आक्रमणबाट महिलाकाे मृत्यु

बर्दियामा  बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० सुकुम्बासी टोलकी २५ वर्षीय ममता सुनारको आइतबार दिउँसो मृत्यु भएको हो।

बाघले आक्रमण गर्दा सख्तघाईते भएकी महिलालाई उपचारको लागि बर्दिया अस्पताल लैजाँदा लैजाँदै बाटोमा मृत्यु भएको डिभिजन वन कार्यालयका सुचनाअधिकारी द्रोणराज शर्माले बताए।

आइतबार साढे १२ बजे नेपाल भारत सीमावर्ती जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेको हो। ‘मृतकसँगै घाँस काट्न गएका अन्य दुई स्थानीय बाघको आमुन्नेसामुन्ने परेर झस्किएर आत्तिएका छन्’ सूचना अधिकारी शर्माले भने,‘उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी छ।’ उनीहरूको अवस्था भने सामान्य रहेको सूचना अधिकारी शर्माले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्