मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

बलात्कारको आरोपमा २ जना पक्राउ

दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका– २ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका–१ बाट गत शुक्रबार पक्राउ गरिएको हो ।

उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ ।

जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्