मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

थुलुङ दुधकोशी अस्पतालमा मंगलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनु भयाे ।

आमा र बच्चालाई थापाथलीस्थित प्रसूति गृहमा भर्ना गरिएको जानकारी आफूलाई भर्खरै प्राप्त भएको उहाँले  बताउनु भयाे।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्