मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार

सन्दर्भ पत्रकार महासंघ निर्वाचन २०८१

निर्वाचनको सम्मुखमा प्रेस सेन्टरका सराेज थापा एमाले निकट प्रेस चाैतारीमा प्रवेश

डाेल्पान्युज डेक्स

डाेल्पा,मङ्सिर २४ गते ।प्रेस सेन्टरका सदस्य सराेज थापा निर्वाचनकाे सम्मुखमा नेकपा एमाले निकट प्रेस चाैतारीमा प्रवेश गर्नु भएकाे छ ।

पत्रकार महासंघकाे निर्वाचन आउन ४ दिन मात्र बांकी रहंदा जिल्ला अध्यक्षकाे दावेदारकाे रुपमा सेन्टरवाट प्रेस चाैतारीमा थापा प्रवेश गर्नु भएकाे हाे ।

नेकपा एमालेकाे पार्टी कार्यालय दुनैमा पार्टी अध्यक्ष लंकबहादुर राेकाया पार्टी इन्चार्ज तथा केन्द्रीय सदस्य बदमी क्वारी बाेहाेरा(बुढा) लगायतका पार्टी प्रमुखहरुकाे राेहवरमा थापा प्रेस चाैतारीमा प्रवेश गर्नु भएकाे प्रेस चाैतारीका नेता टेक शाहीले जानकारी दिनु भयाे ।

प्रेस युनियन प्रेस चाैतारी प्रेस सेन्टर हुँदै निर्वाचनको सम्मुखमा थापा पुन प्रेस चाैतारीमा प्रवेश गर्नु भएकाे हाे ।

संख्यात्मक हिसावले जिल्ला शाखामा ठुलाे संगठन मानिएकाे प्रेस चाैतारीमा जिल्ला अध्यक्ष सुनिश्चित हुने देखिएपछि थापा प्रेस चाैतारीमा प्रेवश गर्नु भएकाे बुझिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्