मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १० , सोमबार

मनकारीहरुवाट ४ लाख ५९ हजार रुपियाँ सहयाेग खातामा जम्मा

मलेसियामा उपचारार्थ कर्मलालकाे सहयाेगकाे याचना

डोल्पा,असाेज २३ गते ।

डोल्पाका एक युवा मलेसियाको एक अस्पातालमा उपचार गराई रहेका छन । ठुलीभेरी नगरपालिका वडा नम्बर ६ का कर्मलाल बुढा मलेसियामा बिरामी परेपछि त्यहिको अस्पातालमा उपचार भई रहेको छ । क्रोनिक अल्शरले थला परेका कर्मलालको उपचारको क्रममा पैसा अभाब भएपछि उनको उपचारको लागी डोल्पामा सहयाेग संकलन गरिएको छ । अस्पतालमा उपचारको लागि राखिएको भएपनि पैसा नभएको कारण उनको राम्रो उपचार हुन नसकेपछि परिवारले डोल्पामा उपचारको लागि सहयोग मागेका हुन ।

नागरिक समाज डोल्पाले गर्दै आएको नागरिक उद्धार कोषबाट सहयोगको थालनी गरेपछि जिल्लामा जनप्रतिनिधि ब्यावसायि सरकारी कार्यालयका कर्मचारी र अन्य नागरिकले कर्मलालको उपचारको लागि रकम संकलन गर्दा मंगलबार ४ लाख ५९ हजार ८ सय ९० रुपैया बिरामीको खातामा जम्मा भएको छ । कर्मलाल ६ महिना पहिला रोजगारीको शिलसिलामा मलेसिया गएका थिए तर उनले काम राम्रोसँग गर्न नपाउदै बिरामी परेर अस्पतला भर्ना भएका हुन । कर्मलाल बुढाको उपचारको लागि ठुलीभेरी नगरपालिका ५ र ६ का युवाहरुले बिषेश अभियान चलाएर उक्त रकम बिरामीको उपचारको लागि खातमा जम्मा गरिदिएका हुन । उनको उपचारको लागि सहयोग रकम संकलन भई रहेको छ उपचार पछि उनलाइ घर फर्काउने परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्