
विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्लाको मुख्य सुरक्षा निकायको निगरानीमा रहेको दुनैस्थित जिल्ला कारागारबाटै कैदी फरार भएका छन ।कैदी फरारछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
शुक्रबार मध्यराति कारागारभित्र सुरुङ खनेर बाहिर निस्किँदै ८ जना कैदी फरार भएको प्रहरी ननयव उपरिक्षक डिएसपी अनिलराज गिरीले जानकारी दिए। कैदीहरू सुरुङमार्फत कारागारको सुरक्षा घेरा पार गरेर भागेका हुन्।
घटनाको जानकारी पाएलगत्तै शनिबार बिहान प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक (डीएसपी)अनिलराज गिरी सहितको टोली कारागार पुगेको थियो । टोलीले घटनास्थलको निरीक्षण तथा प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार फरार कैदीको संख्या ८ रहेकोमा ६ जना कैदी बन्दी र २ जना पुर्पक्षका लागि थुनुवा रहेका छन ।
प्रमुख जिल्ला अधिकारी र डीएसपीसहितको टोली कारागार पुगेको छ।
कारागारभित्र सुरुङ खनेर कैदीहरू फरार हुनुले सुरक्षा निगरानी, कैदीको गतिविधि नियन्त्रण तथा कारागार प्रशासनको कार्यक्षमतामाथि समेत प्रश्न खडा गरेको छ। यद्यपि, घटनामा सुरक्षा कमजोरी भएको हो वा अन्य कारणले यस्तो अवस्था सिर्जना भयो भन्नेबारे अनुसन्धानबाटै स्पष्ट हुनेछ।











