डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा पहिलोपटक आयोजित कर्णाली प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले दुनैस्थित होटल ब्लु सिप इनको सभाहलमा प्रतियोगिता सञ्चालन गरिएको थियाे।
प्रतियोगितामा रुकुम पश्चिम र मुगुबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका खेलाडी सहभागी भएका थिए।
पुरुषतर्फ सल्यानका मदन ओली प्रथम भएका छन्। हुम्लाका गगन शाही द्वितीय, दैलेखका मिनराज भट्टराई तृतीय, दैलेखकै शक्तिराम बुढा चौथो र सुर्खेतका विनय शाही पाँचौँ स्थानमा रहे।
पुरुषतर्फ वैकल्पिक खेलाडीका रूपमा कालिकोटका मुस्कान कार्की, दैलेखका वीरेन्द्रबहादुर शाही र हुम्लाका मिसन मल्ल छनोट भएका छन्।
त्यसैगरी, महिलातर्फ दैलेखकी चाँदनी थापा प्रथम भएकी छन्। दैलेखकै अतिथि थापा द्वितीय, सल्यानकी अस्मिता शाही तृतीय, दैलेखकी सदिक्षा बुढा चौथो र जाजरकोटकी आयुषा खड्का पाँचौँ स्थानमा रहेकी छन्। महिलातर्फ वैकल्पिक खेलाडीका रूपमा सुस्मिता शाही र महालक्ष्मी बस्नेत छनोट भएको बुद्धिचाल संघ कर्णाली प्रदेशका अध्यक्ष कार्लमाक्स श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताबाट छनोट भएका पुरुष तथा महिला खेलाडीले आगामी मंसिरमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।
डोल्पामा पहिलोपटक प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना हुनु जिल्लाको खेलकुद विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। प्रतियोगितामा विभिन्न स्थान हासिल गरी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले प्रमाणपत्र हस्तान्तरण गरेका थि






