मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १५ , शनिबार

सांसद पदबाट निलम्बित हुँदै रवि लामिछाने

डाेल्पान्युज डेक्स

काठमाडौं ,पुस ७ गते। रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा पुगेको छ ।

आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको र समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्