मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार

त्रिपुरासुन्दरी नगरपालिका शिक्षा शाखाकाे युवा प्रशिक्षण कार्यक्रम

शिक्षक सेवा आयाेग अध्यायपन अनुमतिपत्र आधारभूत तहकाे तयारी कक्षा संचालन

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिकाले  वेराेजगार युवायुवती लक्षित शिक्षक सेवा आयाेग अध्यापन अनुमतिपत्रकाे आधारभुत तहकाे  कक्षा संचालन गरेकाे छ ।

शिक्षण पेशा प्रति झुकाव राखेका तर आर्थिक अभावले अध्यापन अनुमतिपत्र आधारभूत तहकाे तयारी कक्षा लिननसकेका युवायुवतीलाई नगर शिक्षा शाखाकाे युवा प्रशिक्षण कार्यक्रम अन्तर्गत निशुल्क कक्षा संचालन गरिएकाे हाे ।

नगरकाे आर्थिक लगानीमा भदौ ९ गतेदेखि हिमसेल्फ कम्प्युटर ईन्स्टिच्युट मार्फत शिक्षक सेवा आयाेगकाे अध्यापन अनुमतिपत्र आधारभूत तहकाे तयारी कक्षा संचालन भइरहेकाे शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले जानकारी दिनु भयाे ।

तयारी कक्षामा दलित अपांग पिछडिएका र आर्थिक अभाव भएका युवायुवती गरेर ४० जना सहभागी छन ।कम्प्युटर अभ्यास सामाग्री हेण्डसआउट लगायतका शैक्षिक सामाग्री उपलब्ध गराइएको छ ।

दुई महिना सम्म संचालन हुने तयारी कक्षामा जनप्रभा माबि लिकुका अनुभवि शिक्षक यमप्रसाद गाैतमले प्रशिक्षण दिइरहनु भकाे छ ।प्रशिक्षार्थीहरुलाई प्रत्येक हप्ताकाे एक पटक परीक्षा लिइने गरिएकाे नगरले जनाएकाे छ ।

आधारभूत तहकाे तयारी कक्षाले शिक्षक सेवा आयाेगकाे अध्यापन अनुमतिपत्रकाे परिक्षामा सहभागी भइ उतिर्ण गराउन सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ ।विभिन्न क्षेत्रका गरि ६० भन्दा बढि प्रशिक्षार्थी सहभागी छन ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्