मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार

मुड्केचुलामा लामो अवधि परिवार योजना अस्थायी साधन शिविर सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार १३ — स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा आयोजित दुईदिने लामो अवधिको परिवार योजना अस्थायी साधन शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

मुड्केचुला गाउँपालिका अन्तर्गत पर्ने स्वास्थ्य चौकी शर्मीमा असार १२ र १३ गते सञ्चालन गरिएको शिविरमा स्थानीय महिलाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

शिविरमाबाट ईम्प्लान्ट सेवा २४ जनालाई, IUCD (अन्तरगर्भाशयी यन्त्र) सेवा १ जनालाई, र ईम्प्लान्ट हटाउने सेवा ५ जनालाई प्रदान गरिएको थियो।

उक्त शिविर पालिका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी शर्मी तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूको संयुक्त समन्वयमा सफलतापूर्वक सम्पन्न गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले उक्त कार्यक्रममा सक्रिय सहभागिता जनाएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आभार व्यक्त गरेको छ। यस्ता कार्यक्रमहरूले ग्रामीण भेगका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको स्वास्थ्यकर्मी गंगा ओझाले जानकारी दिइन।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्