मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार

डोल्पा अस्पतालको नयाँ पहल: ‘बेबी हेल्थ डायरी’ शुभारम्भ

डाेल्पान्यूज डेक्स

डोल्पा जिल्ला अस्पतालले शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै ‘बेबी हेल्थ डायरी’ कार्यक्रमको शुभारम्भ गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष कमल बहादुर शाहीको अध्यक्षतामा आजदेखि सुरु भएको यस कार्यक्रमले नवजात शिशुहरूको स्वास्थ्य अनुगमनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

‘बेबी हेल्थ डायरी’ को प्रयोगले डोल्पा जिल्ला अस्पतालमा जन्मिएका बालबालिकाहरूको जन्मदेखि पाँच वर्षसम्मको स्वास्थ्य अवस्थाको अभिलेख राख्न मद्दत गर्ने स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलले बताउनु भयाे । यसले आमा-बाबुलाई नियमित स्वास्थ्य परीक्षण गराउन उत्प्रेरित गर्नुका साथै अस्पतालमा सुरक्षित प्रसूति बढाउने र घरमै गरिने प्रसूति दर घटाउने विश्वास लिइएको रावलको भनाइ छ। जन्मदेखिका सबै कुरा सहज रूपमा थाहा हुने भएकाले यो बहुउपयोगी हुने उहाले बताउनु भयाे ।

यो कार्यक्रमले स्थानीय आमाहरूलाई अस्पतालमा सुरक्षित प्रसूतिको महत्व बुझाउन र बालबालिकाको स्वास्थ्य संरक्षणमा सचेतना फैलाउन प्रभावकारी हुने अपेक्षा अस्पतालले गरेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्