मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

शे फाेक्सुण्डाे गाउँपालिकाकाे १६ औं  हिउँदे गाउँसभा सम्पन्न

डाेल्पान्युज डेक्स

डाेल्पा,मङ्सिर ११ गते ।

हिमाली जिल्ला डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिकाले आफ्नाे १६ औं  हिउँदे गाउँसभा सम्पन्न गरेकाे छ ।

हिउँदे गाउँसभा सम्पन्न गर्ने नेपालका पालिकाहरु मध्येकाे शे फाेक्सुण्डाे गाउँपालिका पहिलाे हाे ।

समुद्रीक सतह देखि ४ हजार २ सय मिटर उचाइमा रहेकाे पालिका केन्द्र साल्दाङ स्थित गाउँ कार्यपालिकाकाे कार्यालयमा  मंसिर ९ गतेदेखि शुरु भएकाे हिउँदे गाउँसभा र १० गते  सम्पन्न भएकाे हाे ।

शे- फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङकाे अध्यक्षतामा भएकाे हिउँदे गाउँ सभाले आ.व. २०८१/०८२ मा संचालित  बिकास  निर्माण लगाएतका गतिविधिकाे समिक्षा र नीति तथा कार्यक्रमकाे प्रभावकारीता  माथि छलफल गरिएको थियाे।

यसैगरी गाउँ सभाले गैरसरकारी संस्था एल आई एस पी (LISP) र शे फाेक्सुण्डाे गाउँपालिकाकाे साझेदारीमा प्राप्त ३ कराेड रुपैयाँ स्थानीय जनताकाे माग र आवश्यकता अनुसार विभिन्न वडामा विनियोजन समेत गरिएकाे पालिका अध्यक्ष धावा सम्दुक गुरुङले  डाेल्पान्युजलाई बताउनु भयाे ।

विनियोजित बजेटबाट  खानेपानी,सिचाइ,साैचालय लगाएका संरचना बनाउने  सभाले निर्णय गरेकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्