विष्णुप्रसाद देवकोटा
डोल्पा । बालिकामाथि जबरजस्ती करणी उद्योग गरेको आरोपमा डोल्पामा एक जना पक्राउ परेका छन।
ठूलीभेरी नगरपालिका–७, जुफाल निवासी ३१ वर्षीय लिलाराज भन्ने धनबहादुर शाही बालिका जबरजस्ती करणी आराेपमा पक्राउ परेका हुन ।शाहीलाई जुफालबाटै २०८३ कात्तिक ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
बालिकामाथि जबरजस्ती करणी उद्योग गरेको सूचनाकाे आधारमा उनलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले घटनाबारे अनुसन्धान अगाडि बढिरहेकाे जानकारी दिए ।






