मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ८ , शनिबार

डोल्पा जुफालबाट जुवातास खेल्दै गरेका पाँच जना प्रहरीकाे नियन्त्रणमा


विष्णुप्रसाद देवकोटा
डोल्पा । ठुलिभेरि नगरपालिका अन्तर्गत जुफालमा जुवातास (पारा/कौडा) खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बिहीबार दिउँसो ४ः४० बजे त्रिपुरासुन्दरी नगरपालिका–७ जुफालमा बस्ने ४२ वर्षीय धनलाल बोहोराको तीनतले कच्ची घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिइएकामा घरधनी धनलाल बोहोरा सहित ३७ वर्षीय ज्ञानेन्द्र शाही, ४९ वर्षीय हरेन्द्र शाही, ५९ वर्षीय सम्पती बुढा र ५१ वर्षीय चन्द्रबहादुर बुढा रहेका छन्।नियन्त्रणमा लिएकाहरु माथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए ।
प्रहरी चौकी जुफाल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट ६ हजार ६ सय ३० रुपैयाँ नगद, १५९ वटा तासका पत्ती र चार पारा सेट कौडा समेत बरामद गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्