मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शुक्रबार

डाेल्पाकाे दुनैमा मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

डाेल्पान्युज डेक्स

हिमाली जिल्ला डोल्पामा  जिल्ला ब्याडमिन्टन संघको आयोजनामा मैत्रीपुर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुष तर्फ २२ टिमले सहभागिता जनाएका छन ।

पहिलाे दिनकाे खेलमा पुरुष तर्फकाे मात्र खेल सुभारम्भ भएपनि  महिला तर्फकाे खुल्ला प्रतियोगिता समेत हुने र साझ सम्म महिला तर्फकाे खेल तालिका सार्वजनिक हुने आयाेजकले जनाएकाे छ ।

मैत्रीपूर्ण जिल्ला ब्याडमिन्टन खेलकाे जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर राेकाया र  कर्णाली प्रदेश पुर्ब माननीय बदमिक्वारा बोहराले संयुक्त रुपमा उद्घाटन गर्नु भएकाे थियाे ।

खेल उद्घाटनमा बाेल्दै  समन्वय प्रमुख श्याम रोकायाले यस्ता खेलकुद प्रतियोगिताले खेलप्रेमीलाई मनाेरन्जन प्रदानका साथै खेलाडिहरुलाई थप हाैसला प्रदान गर्ने बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्