मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १५ , शनिबार

पुर्वाधार विकास कार्यालय डाेल्पाका प्रमुख हितान पुरस्कृत

विष्णुप्रसाद देवकोटा

पुर्वाधार विकास कार्यालय डाेल्पा दुनै कार्यालय प्रमुख ईन्जिनियर  टेक हितान पुरस्कृत हुनुभएको छ ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हितानलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको हो ।

०८०/०८१ मा गरेको कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै उहाँलाई प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मानसहित पुरस्कृत गरिएको हो ।

प्रदेश सरकारको निजामती सेवामा रहि पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई पुरस्कार प्रदान गरिएको हो । उहाँ पुर्वाधार विकास कार्यालय  डाेल्पामा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

पुरस्कृत हितानले यो सफलता पुर्वाधार विकास कार्यालय डाेल्पाका सम्पुर्ण कर्मचारीहरुको अथक मेहनतबाट प्राप्त भएकोले प्रतिक्रिया दिनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्