मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शुक्रबार

साेमवार रातीकाे वर्षाले डाेल्पा दुनैस्थित सरकारी कार्यालयमा बाढी

डाेल्पान्युज डेक्स

डाेल्पाकाे सदरमुकाम दुनैमा मध्य राती आएको बाडिले सरकारी  कार्यलय र केहि घरमा बाडी पसेको छ ।

रातिको २ बजे देखि सुरु भएको करिब आधा घन्टाको चट्याङ सहितको पानीले खहरे खोलामा बाडी ल्याएर घर र सरकारी कार्यलयमा बाढी पसेको हाे।

खहरे खोलाको बाडिले दुनै बजारको तल्लो भागमा तिप्ला जाने बाटो माथिका खहरे खोलाबाट बाढी आएर जिल्ला अदालत दुनै घारी टोल र आसपासका घरहरुमा बाढी पसेको छ ।

दुनै बजारको माथिल्लो भागको खहरे खोलामा बाडी आउदा मालपोत कार्यलय त्यस आसपासका घरहरु केही घुम्ती पसलहरुमा बाढी पसेको छ ।

मध्य रातमा चट्याङ सहित मेग गर्जनले बाढी ल्याउदा स्थानिहरु त्रसित भएका छन । बाडी घरघरमा पस्दा स्थानिय मानिसहरुको भाग दौड भएकाे थियाे ।

बाडी आएपछि जिल्ला प्रशासन कार्यलय डोल्पाले आबश्यक सुरक्षाकर्मी परिचालन गरेकाे  र स्वयं आफू पनि बाढी ग्रस्त ठाउँमा  पुगेको प्रमुख जिल्ला अधिकारी तुल्सी प्रसाद दाहालले बताउनु भयो ।

अहिले सम्म कुनै पनि मानबिय क्षेति नभएको र के कति क्षेति भयाे भन्ने एकिन हुन नसकेको प्रजिअ दहालले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्