मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

डाेल्पाकाे पारङगामा बलेराे जिप दुर्घटना ३ जना घाइते 

लेख बुढा

डाेल्पाकाे सदरमुकाम दुनै बजार देखि त्रिपुराकाेट बगर बजार तर्फ जाँदै गरेकाे बलेराे जिप दुर्घटना हुदा ३ जना सामान्य घाइते भएका छन ।

आज बुधबार बेलुका ४ बजे तिर जाजरकोट नलगाड नगरपालिका -११ बस्ने बर्ष २० का बिजया बानियाँले चलाएकाे  लु १ ज ४१४९ नम्बरको बलेराे जिप अनियन्त्रितभै सडकबाट १३ मिटर तल खसेकाे थियाे ।

उक्त दुर्घटनामा ठुलीभेरी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १३ कि सरस्वती परियार , त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ बस्ने उर्मिला रिजाल देवकोटा र उनकी १ बर्षिया छाेरी तिलक्सी देवकोटा घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।

प्रहरीका अनुसार देवकोटाकाे हातघुडामा चाेट लागेकाे छ भने अरु सामान्य रहेका छन । चालक बानियाँ प्रहरी नियन्त्रणमा रहेकाे र घटनाबारे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्