मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

विविध कार्यक्रमका साथ डाेल्पामा मनाईयाे विश्व क्षयराेग दिवस

विश्व क्षयरोग दिवस २०२४ हाे हामी क्षयराेगकाे अन्त्य गर्छाैं भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाईएकाे छ ।

स्वास्थ्य  सेवा कार्यालय डाेल्पाकाे आयाेजनममा विश्व क्षयरोग दिवस मनाईएकाे हाे ।क्षयरोग सम्बन्धि जनचेतनामूलक सन्देश लेखिएका ब्यानर सहितकाे  स्वास्थ्यकर्मीहरु र्यालीले दुनै बजार परिक्रमा गरेकाे थियाे ।

क्षयरोग राेग सम्बन्धि जनचेतनामूलक तीन दिने तालिम समेत दिवसकाे अवसरमा सम्पन्न भएकाे समेत स्वास्थ्य सेवा कार्यालय दुनै  डाेल्पाले जनाएकाे छ ।

यसै गरि त्रिपुरासुन्दरी नगरपालिका – मा रहेकाे त्रिपुरा स्वास्थ्य चाैकीमा समेत दिवस मनाउने क्रममा जिल्लामा उपचारमा आएका विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरिएकाे स्वास्थ्य ईन्चार्ज तुलबहादुर श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्