मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

आदर्शका विद्यार्थीलाई सिटिजन्स बैङकको वित्तीय साक्षरता शिक्षा

डोल्पा,मङ्सिर १२ गते ।जुफालस्थित आदर्श माद्यमिक विद्यालयका बालवालिकालाई बित्तीय साक्षरता सम्बन्धि शिक्षा दिइको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड जुफाल शाखाले बालवालिकालाई वित्तीय साक्षरता सम्बन्धि पहिलो पटक कक्षा लिएको हो ।

ठूलिभेरी नगरपालिका–७ मा रहेको आदर्श माद्यमिक विद्यालयमा कक्षा नौ र दशमा अध्यायनरत बालवालिकालाई वित्तीय साक्षरता सम्बन्धि शिक्षा प्रदान गरिएको बैंकको जुफाल शाखाले जनाएको छ ।

शाखा प्रमुख पृथीबहादुर डाँगीले बैंक भनेको के हाे यसको महत्व ,बैंक मौज्दात किन कसरी के को लागि गरिन्छ ?यसले बचतकर्तालाई हुने फाइदा लगायत अधिक कोषका बारेमा बालवालिकाहरुलाई कक्षा लिएर जानकारी गराएका थिए ।

वित्तीय साक्षरता कक्षाले बालवालिकाले आफ्नो घरघरमा अभिभावकलाई मुद्रासंचिती कार्यमा उत्प्रेरणा जगाउने काममा सहयोग पुर्याउने डाँगीले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्