मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शुक्रबार

दार्चुलाकाे तिंकर सडकमा ढुङ्गा लागेर डाेल्पा पालङ गाउँका एक युवक गम्भीर घाइते

विष्णुप्रसाद देवकोटा

दार्चुलाको तिंकर सडकमा मजदुरी गर्न गएका डाेल्पाका एक युवक ढुङ्गा लागेर गम्भीर घाइते भएका छन ।

सडक माथिवाट खसेकाे ढुङ्गा लागेर त्रिपुरासुन्दरी नगरपालिका -६ पालङ गाउँका २२ वर्षिय धनप्रसाद डांगी घाइते भएका हुन ।

दार्चुला–तिंकर सडकखण्ड अन्र्तरगत ब्याँस गाउँपालिका वडा नं–२ आतुङ्ती क्षेत्रमा साेमवार दिउँसो २ बजेतिर सडक माथीबाट खसेको ढुङ्गा लागेर डागी घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

घाइतेसंगै रहेका सुमन लामाले घाइते डांगीकाे अवस्था चिन्ताजनक रहेकाे र उपचारकाे लागि दार्चुलाको जिल्ला अस्पतालमा लगिदै गरेकाे बताए ।उनले भने टाउकाे ढ्यारमा र खुट्टामा समेत गहिराे चाेट लागेकाले अवस्था चिन्ताजनक छ ।डाेल्पा त्रिपुरासुन्दरी -६ पालङ्ग घर भएका डांगी मजदुरीकाे लागि छ महिना लेखी दार्चुलामा रहेकाे खुलेकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्