मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

नगरप्रमुख बुढाकाे निर्देशनमा ठुलिभेरीका  तीन ओटा विद्यालयलाई सेनेटरी प्याड वितरण

विष्णुप्रसाद देवकोटा

ठुलिभेरीनगरपालिका भित्रका विद्यालयहरमा अध्यानरत छात्राहरुलाई सहजताकाे लागि सेनेटरी प्याड वितरण गरिएकाे छ ।नगरप्रमुख श्ववर्ण कुमार बुढाकाे निर्देशनमा विद्यालयहरुलाई सेनेटरी प्याड वितरण गरिएकाे हाे ।

उपप्रमुख छिरिङ टाेल्मा महत र प्रमुख प्रशासकीय अधिकृत सन्ताेष बहादुर खड्काले एक कार्यक्रमका बीच उक्त सामाग्री वितरण गर्नु भएकाे हाे ।

दुनैस्थित सरस्वती माबि,विद्यामन्दिर माबि माझफाल र लक्ष्मी माबि थरगाउ गरेर तीन ओटा विद्यालयका प्रअ तथा सहायक प्रअलाई वितरण गरिएकाे ठुलिभेरीनगरपालिका जुफालले जनाएकाे छ ।

सेनेटरी प्याडकाे अभावमा विद्यालय छात्राहरुलाई विद्यालयमा अनुपस्थित हुनु पर्ने बाध्यताकाे अन्त्य हुने अपेक्षा गरिएकाे नगरप्छरमुख सचिवालय जुफालले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्