मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा निशुल्क  स्वास्थ्य शिविर सुरु

डाेल्पा, असाेज २५ गते ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा स्वास्थ्य शिविर सुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको हो ।

बिहीबारदेखि शिविर त्रिपुराकोट स्वास्थ्य चौकी बगरमा सुरु भएको शिविर असोज २७ गतेसम्म चल्ने नगरपालिकाले जनाएको छ ।

विशेषज्ञ स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी रोग, दन्त रोग, बाल रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती रोग र भिडियो एक्स–रे सम्बन्धी सेवा दिइने नगरपालिकाले जनाएको छ ।स्वास्थ्य शिविरकाे नगरप्रमुख जनचन्द राेकायले उद्घाटन गरेका थिए ।शिविरकाे बारे प्रमुख प्रशासकीय अधिकृत जग्दिश नेपालीले प्रकाश पारेका थिए ।कर्स्वाणाली स्थ्य विज्ञान प्रतिष्ठान जुम्लाावाट आएकाे छ जनाकाे बिशेषज्ञ टाेलिले शिविर अवधिभर सेवा दिने स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक तुलबहादुर श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्