खबरदिशा। प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय स्राेतले बताएको छ ।
केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो । सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको बताइएको छ ।
आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको छ ।








