मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

डाेल्पा त्रिपुरासुन्दरीमा जारी पाँचौँ मेयर कपको पुरुष भलिबल फाइनल कात्तिक १९ गते

विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालन भइरहेको पाँचौँ मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते हुने भएको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका लिग चरणका खेल कात्तिक १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि क्वार्टरफाइनल र सेमिफाइनल हुँदै फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको क्वार्टरफाइनल खेल कात्तिक १७ गते बिहान ७ बजेदेखि सुरु हुनेछ। सेमिफाइनल खेल कात्तिक १८ गते बिहान ७ बजे र ९ बजे सञ्चालन हुने तालिकामा उल्लेख छ। दुवै सेमिफाइनलका विजेताबीच कात्तिक १९ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। तेस्रो र चौथो स्थानका लागि पनि छुट्टै खेल हुने जनाइएको छ।
नगरपालिकाले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताका खेल पोल ए, बी, सी र डीमा विभाजन गरी सञ्चालन गरिनेछ। खेलाडीलाई निर्धारित समयभन्दा एक घण्टा अगावै खेलमैदानमा उपस्थित हुन आयोजकले आग्रह गरेको छ।
यसैबीच, प्रतियोगिताअन्तर्गत खुला ब्याडमिन्टनतर्फ आठ जोडीले नाम दर्ता गराएका छन्। दर्ता भएका जोडीमा हेमन्त शाही–धनप्रसाद बुढा, टेक शाही–हरि बुढामगर, सागर बुढा–बलराम रोकाया, निराजन गिरी–बसन्त पहाडी, ओमबहादुर सुनार–अविनास केसी, पूर्णजंग शाही–सुमन शाही, शिवराज शर्मा–रजाली तथा किरण केसी–गोविन्द जिजंग शाही रहेका छन्।
नगरपालिकाले आयोजना गरेको प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि विस्तार गर्नुका साथै स्थानीय खेलाडीको प्रतिभा पहिचान र खेलकुद विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत डा.हेमन्त शाहीले बताए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. शाहीका अनुसार खेल तालिकामा खेलाडीहरु निर्धारित समयमै उपस्थित हुनु पर्ने छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्