मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

नेपाल टेलिकमकाे प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो ।

कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी पहाडीले आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्