मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

सुआरेजले भावुक हुदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासकाे घाेषणा

उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

३७ वर्षीय सुआरेजले सोमवार पत्रकार सम्मेलनको क्रममा शुक्रवार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए।

हालसम्म १४२ खेलमा ६९ गोल गरेका उनी उरुग्वेका सर्वकालिक सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्डको रुपमा परिचित थिए।

सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सन्यासको घोषणा गर्दै भावुक बनेका  सुआरेजले भने, ‘यो भन्दैगर्दा दुःख लाग्दैछ। तर शुक्रवार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ।’

सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको बताए।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्