मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

डाेल्पा आगलागीमा ज्यान गुमाएका  बालकका परिवारलाई राहत वितरण

विष्णुप्रसाद देवकोटा

डाेल्पा  त्रिपुरासुन्दरी नगरपालिका – ४ मा पर्ने सुँ सामुदायिक बनको आगलागीमा परि ज्यान गुमाएका  तीनै जना बालकका परिवारलाई  रहात उपलब्ध गराईएकाे छ ।

जिल्ला प्रशासन कार्यालय डाेल्पामा रहेकाे दैवीप्रकोप विपत काेष  मार्फत मृतक बालकका परिवारलाई राहत उपलबध गराइएकाे हाे ।

आगलागीमा ज्यान गुमाएका बालक सुलस बुढाकाे परिवारलाई दुईलाख रुपियाँ यसैगरी बिवस बुढा र समन्त बुढाकाे परिवारलाई तीनलाख रुपियाँ राहत वितरण गरिएकाे हाे ।

 प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल र प्रहरी नायव उपरिक्षक हरि कुमार केसी सहितकाे राहत टाेलि मृतकहरुकाे गाउँमै  पुगेर वडाअध्यक्ष रन्जित बुढाकाे उपस्थितिमा रहात वितरण गरिएकाे प्रजिअ दाहालले बताए ।

गत चैत महिनाकाे २९ गते बिहीबारका दिन आगलागीमा परेर  घाइते भएका रंग गाउँका  १० वर्षीय सुलस बुढाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल दुनैमा, १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढाकाे उपचारकाे क्रममा काठमाडौंमा  मृत्यु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्