मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

डाेल्पाकाे आदर्श माबि जुफालमा राष्ट्रपति रनिङसिल प्रतियोगिता शुरु

डाेल्पाकाे जुफालमा पहिलोपटक  नगरस्तरीय राष्ट्रपति रनिङ्शिल प्रतियोगिताको आयोजना गरिएको छ ।आदर्श माध्यामिक बिद्यालयमा शुक्रबार रनिङिसल प्रतियोगिताको विशेष कार्यक्रमका बीच उद्धघाटन गरिएको हाे ।

ठुलीभेरी नगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ्शिल आदर्श माध्यामिक बिद्यालयबाट शुभारम्भ गरिएको प्रधानाध्यापक बालकृष्ण  डाँगीले बताए ।

राष्ट्रपति रनिङशिल प्रतियोगितामा महिला तथा पुरुष भलिवल,लमजम्प,हाईजम्प,सटफुटका साथ १ सय,२ सय ,८ सय म र १ हजार ५ सय मिटर दौड प्रतियोगिता हुनेछ ।

ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्ताेष खड्काले  खेल जित्नैका लागि खेल्नु पर्ने तर खेलले अनुशासन र मित्रता पनि कायम गर्ने भएकाले खेलमा प्रेम बढाउन ठुलीभेरी नगरपालिकाले पहिलो पटक नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल प्रतियोगिताको आयोजना गरिएको दावी गरे ।

रनिङसिल प्रतियोगिताकाे उदघाटन  जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले पानसमा दिप प्रज्जवलित गरेर गरेका  थिए ।

नगरपालिका स्तरिय राष्ट्रपति नरिङ्शिल उद्धघाटनमा जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित ठुलीभेरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका साथै स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।बैशाख ७ गतेबाट शुभारम्भ भएको नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल प्रतियोगिता ११ गते समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्