मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना तीनकाे मृत्यु

सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको परिचय खुलेको छ ।मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाका ७० वर्षीय मान बहादुर थामी, १७ वर्षीय शिव श्रेष्ठ र १८ वर्षीय दिपेन्द्र थामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्