मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

लुटपाट र हत्या आराेपमा माओवादीका तत्तकालिन कमाण्डर खाम पक्राउ

पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार खामलाई बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइने छ ।

व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार थिए । सोही कारण उनको मुद्दा अदालतले मुल्तवीमा राखेको थियो ।

उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ । स्रोतका अनुसार खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा रहेको छ ।

उनी फरार रहेका कारण यार्सा लुटपाटको मुद्दा पनि मुल्तवीमा राखिएको थियो । ‘ठूलो मुद्दा भएकाले उहाँलाई पहिला चितवन जिल्ला अदालत पठाइने छ । त्यसपछि यहाँको पनि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्