भेरी करिडोर अन्तरगत जाजरकोट – डाेल्पा सडक खण्डमा आउने समस्याका बारेमा केन्द्रित भएर जिल्ला प्रशासन कार्यालय डाेल्पामा छलफल गरिएको छ।
डोल्पाली जनताको लाईफ लाईनको रुपमा हेरिएको भेरी करिडोर अन्तरगत पर्ने सडक खण्डमा निर्माणाधीन पुल तथा सडक विस्तारका सम्बन्धमा जिल्लास्थित सरोकारवालाहरु बिच छलफल गरिएकाे हाे
तल्लुबगरस्थित निर्माणधीन बेलीब्रिजको काम सुचारु गर्न, रुपगार्ड खोलाको बेलीब्रीज निर्माण कार्य तत्काल सुरु गर्न, बर्खाको समयमा बाढिका कारण अबरुद्ध हुने खोलाहरुमा नियमित मालबहाक सवारी साधन सजिलै आवतजावत हुने गरि मर्मतसम्भार गर्न भेरी करिडोर कार्यालय र सम्बन्धीत ठेकेदारलाई प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले निर्देशन दिएका छन।
भेरी करिडोरमा पर्ने तल्लुबगर स्थित निर्माणधीन बेलीब्रिजको अपुग सामान आईतबार नेपालगन्ज देखि ढुवानी भएको हुदा सोमबार विहान निमार्ण स्थलमा पुग्ने र रोकिएको काम सुचारु हुने भेरी करिडोर आयोजना प्रमुख सुनिल रन्जितकारले जानकारी दिए ।
यसै गरि रुपकार्गाडस्थित बेलीब्रिज निमार्णको लागि सामाग्री सबै पुगेकाले निर्माण कार्यको लागि ठेकेदारलाई ताकेता गरिरहेको आयोजना प्रमुख रन्जितकारले बताए ।
भेरि करिडोरको कार्यालय दुनैमा स्थापना भैसकेको हुदा अबका दिनमा करिडोरमा काम नहोला भन्ने दुबिधा नगर्न पनि उनले आग्रह गरे ।
गएकाे पुस महिनामा पूरा गर्ने गरि काम शुरु गरिएकाे तल्लुबगरस्थित बेलिब्रिज नटबाेल्ट अपुगका कारण निर्माण कार्यमा ढिलाई भएकाेमा आबश्यक नटबाेल्ट नेपालगन्जबाट निर्माणस्थल तर्फ हिडि सकेकाले नटबाेल्ट पुग्ना बित्तिकै बढिमा एक साता भित्रमा पुल निर्माण कार्य सम्पन्न हुने सम्बन्धित निर्माण ब्यवसायीले दावि गरेकाे छ ।
अहिले भेरीनदिमा राखिएकाे ह्युमपाइप मार्फत सवारी साधन आवतजावत गर्ने गरिएपनि भेरीनदिमा पानिकाे वहनव बढेकाले जाेखिम माेलेर सवारी साधन आवतजावत गराउनु पर्ने बाध्यता छ ।
छलफल कार्यक्रमा नेपाली कांग्रेसका सचिव हिक्मत बहादुर शाही, नेकपा एमालेका सचिव लंक बहादुर रोकाया, नेकपा मओवादीका प्रदेश कमिटी सदस्य ओमेन्द्र केसी, एकीकृत समाजवादीका धर्मलाल बुढा, उधोग बाणिज्य संघका अध्यक्ष लालिमान बुढा लगायत जिल्लास्थित संचारक्रमीहरुकाे सहभागिता रहेकाे थियाे ।






