मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

खाना खाने क्रममा विवाद हुँदा श्रीमानको हत्या

दैलेखमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। दैलेखकाे नौमुले गाउँपालिका ४ कालिकामा ३८ वर्षका भिमबहादुर योगीको हत्या श्रीमती ३५ वर्षिया सिता योगीले गरेको पाइएको छ।

दुवै जनाले मादक पदार्थ सेवन गरेर खाना खाने समयमा विवाद हुँदा मकैको ढिँडो बनाएको सिलभरको भडडु र दाउराले टाउकोमा प्रहार गर्दा योगीको घटनास्थलमै मृत्यु भएको थियो।

श्रीमानको हत्या गर्ने योगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रीमानको कुटाइबाट सिताको आँखामा निल डाम भएको छ। प्रहरीका अनुसार दुवै जना एक आपसमा कुटपिट भएको थियो। सोही क्रममा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको पाइएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्