मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

देउसी भैलाेबाट उठेकाे रकम मृगौला पीडितलाई 

डाेल्पा,मङ्सिर ३ गते ।यहाँका युवाहरुले देसी भैलाे खेलेर उठेकाे रकमबाट मृगौला पीडितलाई सहयाेग गरेका छन ।त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेटका युवाहरुले देसीभैलाेबाट उठेकाे रकम साेही गाउँका ४९ वर्षिय मृगौला पीडित चन्द्रबहादुर केसीलाई सहयाेग गरेका हुन ।

याे वर्ष हामीले खेलेकाे देउसीभैलाेबाट उठेकाे रकम केही पिकनिक खर्च गरेर बचेकाे रकम ३५०० मृगौला पीडित केसीलाई सहयाेग गरिएकाे देउसी भैलाे टिम संयाेजक जयस उपाध्यायले बताए ।

हरेक बर्ष खेलिने देउसीभैलाेबाट कहिले सार्वजनिक पाटी पाैवा,परम्परागत पानी धारा मर्मतका साथै घाेरेटाेबाटाे मर्मत गरिएकाेमा याे वर्ष भने सानाे सहयाेगकाे रुपमा भएपनि मृगौला पीडितलाई सहयाेग गरिएकाे उपाध्यायले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्