मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

मुड्केचुलामा फैलिएकाे रुघाखोकी नियन्त्रणमा आएकाे स्वास्थ्य ईन्चार्ज- बुढाकाे दावि

मुड्केचुला गाउँपालिकाका विभिन्न बस्तीहरुमा फैलिएकाे रुघाखोकी नियन्त्रणमा आएकाे छ ।

जाडाेमाैसम सकिएर गर्मी माैसम लागेसंगै फैलिएको सिजनल भाइरल रुघाखोकी र ज्वराेले चैतकाे दाेर्साे सातामा सर्मि कालिका नर्कु र हाेर्त लगायतका गाउँमा बालवालिका र बृद्धअबस्थाका मानिसहरु थला परेका थिए ।

बालवालिका र बृद्धअबश्थाका मानिस रुघाखोकी र ज्वराेले प्रभावित बनेपछि गाउँघरमै पुगेर स्वास्थ्य उपचार गरिनुका साथै एक साता सम्म विद्यालय समेत बन्द गरेपछि राेग नियन्त्रणमा आएकाे स्वास्थ्य इन्चार्ज सिनियर अहेव देवबहालुर बुढाले जानकारी दिए ।

सामाजिक सन्जाल फेसबुकमा रुघाखोकी र ज्वराेका विरामीले गाउँ नै थला पर्न थालेकाे खवर सार्वजनिक भएकाे छ नि ? भन्ने प्रश्नमा रुघाखोकी र ज्वराेकाे संक्रमण फैलिएकाे सत्य भएकाे तर समयमै गाउँ घर क्लिनिककाे रुपमा उपचारलाई प्रभावकारी रुपमा संचालन गरिएकाले फाट्टफुट्ट केही ब्यक्तिहरुमा अझै केही लक्षण देखिएपनि नियन्त्रणमा आईसकेकाे प्रमुख इन्चार्ज बुढाले बताए ।

सामाजिक संजालमा अफाहा फैलाइए जस्ताे अवस्था पालिकामा नभएकाे दावि प्रमुख बुढाकाे छ ।स्वास्थ्य ईन्चार्ज बुढाले रुघाखोकी र ज्वराे नियन्त्रणमा आइसकेकाे दावि गरेपनि स्थानीयले भने स्वास्थ्य इन्चार्जले दावि गरेजस्ताे अवस्था नभएकाे बताएका छन ।

जुन पक्षबाट दावि गरिएपनि सर्वसाधारणको  सुलभ र प्रभावकारी स्वास्थ्य उपचारकाे लागि स्थानीय सरकारकाे प्रभावकारी भुमिकाकाे खांचाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्