मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जको नयाँ प्रयास

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जले वातावरणीय परीक्षणकाे सार्वजनिक सुनुवाई गर्ने

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगाड डाेल्पाले पहिलाे पटक एकै चाेटी चार स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएकाे छ ।

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रकाे पन्चवर्षिय व्यवस्थापन याेजनाकाे प्रारम्भिक वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाई कार्यक्रम गर्न थालेकाे हाे ।

निकुञ्जका अनुसार २०८० चैत २० गते १२ बजे त्रिपुरासुन्दरी नगरपालिकाकाे सभाहल,चैत २१ गते २ वजे जिल्ला समन्वय समितिकाे सभाहल,शे फाे रानीकाे कार्यालय सुलिगाडमा २२ चैत ११ वजे र मुगुम कार्माराेव गाउँपालिकाकाे भवनमा २६ चैत ११ बजे सार्वजनिक सुनुवाई कार्यक्रम हुन थालेकाे हाे ।

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जको कार्यालयले राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सुचना जारी गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गर्न थालिएकाे कार्यालयले जनाएकाे छ ।

सुचनामा उल्लेखित स्थान मिति र समयमा उपस्थिति जनाई रचनात्मक,दिर्घकालिन प्रभाव राख्ने र वन्यजन्तुकाे संरक्षणमा सहयाेग पुग्ने रायसुझाव दिन समेत आग्रह गरिएकाे निकुञ्जका निमित्त संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्